कांग्रेस र एमालेका नेता पालैपालो अवलोकनमा

कांग्रेस र एमालेका नेता पालैपालो अवलोकनमा

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा एमालेको केन्द्रीय कार्यालय अवलोकन गरेका छन् । 

जेन-जी प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त कार्यालयको स्थितिबारे जानकारी लिन उनी आज अपराह्न च्यासल पुगेका हुन् । उपसभापति खड्कालाई एमाले उपमहासचिव प्रदीप ज्ञवलीले भवनको अवलोकन गराएका थिए । 

यसअघि हिजो ज्ञवाली पनि सानेपा पुगेर कांग्रेस मुख्यालयको अवलोकन गरेका थिए । उनलाई कांग्रेस नेता मिनबहादुर विश्वकर्माले भवन हेराएका गराएका थिए । 

भदौ २४ गते विध्वंसकारीले कांग्रेस र एमालेसहित नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीका केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । ती पार्टीका नेता-कार्यकर्ता कार्यालयको पुनःनिर्माणमा जुटेका छन् ।

टिप्पणीहरू