क्रमशः खुल्दैछन् पर्दापछाडिका खेलहरु
कांग्रेस-एमाले नेतृत्वको सरकारलाई विस्थापित गर्दै सुशीला कार्की प्रधानमन्त्री बनेसँगै नेपालमा बाह्य शक्ति केन्द्रहरूको चासो बढेको विश्लेषण हुन थालेको छ । हरेक राजनीतिक परिवर्तनपछिको संक्रमणकालीन अवधिमा प्राय: भूराजनीतिक चलखेल हुने गर्छ, यसपटक पनि त्यस्तो गन्ध आइरहेको टिप्पणी कतिपयले गरेका छन् ।
निर्दलीय सरकारका प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिन भारत र अमेरिकाले ढिला गरेनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त नेपाली, अंग्रेजी र हिन्दी भाषामा स्टाटस लेखेर समकक्षी कार्कीलाई बधाई तथा शुभकामना दिए । तीन वटा भाषामा लेखिएको सम्भवत: यो नै पहिलो सन्देश हुनुपर्छ !
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव प्रधानमन्त्री कार्कीलाई भेट्ने पहिलो कूटनीतिज्ञ हुन् । अमेरिकासहित अरु देशका राजदूतले शपथ ग्रहणको दिन हात मिलाउनुबाहेक भेटघाटको अवसर पाइसकेका छैनन् । श्रीवास्तवले भने हिजो अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर भेट गरेका हुन् ।
'चाइनिज एम्बेसीसँगैको रोडहाउस क्याफेमाथि एउटा जिम गर्ने ठाउँ छ, त्यहाँ युवाहरुले बालेन कस्तो लाग्छ भनेर सोध्थे', त्यसबेलाको सन्दर्भ स्मरण गर्दै स्रोतले खुलायो 'धेरै पछि थाहा भयो त्यो त सर्वेक्षण पो गरेका रहेछन् ।
आश्चर्यलाग्दो कुरा चाहिँ सधैँ एक चीन नीति पक्षधर रहँदै आएको नेपालका नवनिर्वाचित प्रधानमन्त्रीलाई इतिहासमै पहिलोचोटि दलाई लामा र उनको निर्वासित सँसदका सभामुखले बधाई सन्देश पठाए । ९० बर्षको उमेरमा दलाईले यस्तो निर्णयमा किन हात हाले भन्ने कुराको यकिन हुनचाहिँ बाँकी छ । र,अरु प्रसङ्ग बिस्तारै खुल्दै जाने नै छ ।
तर, एकातिर जेन-जीद्वारा सन्चालित सत्ता परिवर्तनको आकस्मिक विध्वंसलाई फ्री तिब्बत पक्षधर एनजिओहरूको आर्थिक सहयोग रहेको खुल्नु अर्कोतिर तिब्बती पृथकतावादी अभियानका धार्मिक अगुवाले प्रधानमन्त्रीलाई बधाई दिनुलाई सामान्य संयोग मात्र मान्न सकिंदैन । युवा आक्रोशलाई देखाएर आफ्नो स्वार्थ पूरा गर्न देशभित्रका केही पात्र अन्तर्राष्ट्रिय शक्ति केन्द्रबाट परिचालित भएको कतिपयको आशंकालाई यसले बल पुर्याएको छ ।
कलिला विद्यार्थीलाई अघि सारेर आफ्नो स्वार्थका लागि शक्ति केन्द्रहरूको गोटी बन्नेहरु को-को हुन् ? सामाजिक सञ्जालको वाहवाही र सत्ताको आडमा मैमत्त हुनेहरूका असली चेहरा छिट्टै बाहिर आउनुपर्छ ।
उच्च जानकार स्रोतको दावीलाई मान्ने हो भने भदौ २३ र २४ को विध्वंस युवा आक्रोशको स्वभाविक परिणाम होइन । सरकार र पुराना दलका नेताप्रति युवाहरुमा रहेको असन्तुष्टिलाई घृणामा परिणत गराएर सडकमा आगो लगाउन उक्साउनेहरूमार्फत पश्चिमा शक्तिले खेलेको सुविचारित र योजनावद्ध खेल हो यो । यसमा को-को पात्र प्रयोग भए भन्ने तथ्य क्रमश: खुल्दै जानेमा स्रोत ढुक्क छ ।
नरेन्द्र मोदीले सुशीला कार्कीलाई तीन वटा भाषामा शुभकामना दिएर बेग्लै सम्बन्ध रहेको सन्देश दिन खोजे पनि पर्दा पछाडिको खेलमा भने दक्षिणको भूमिका नरहेको विश्लेषण भैरहेको छ । स्रोतका अनुसार नेपालमा विकसित अचानकको यो परिस्थितिबाट भारतीयहरू आफैँ त्राहिमाम छन् । दिल्लीस्थित नेपाली अफिसरहरूसँग नियमित संवाद र सम्पर्कमा रहेको भारतीय पक्षले यसबारे गम्भीर चासो व्यक्त गरिरहेको छ ।
एउटा महानगरको मेयर,जो आफैँ देखिनेगरी आन्दोलनमा सहभागी भएको थिएन भने उसको यो भूमिकालाई कसरी हेर्ने ? देशभित्रको शक्तिले मात्र यो सारा सम्भव छ ?
'पश्चिमाहरूको डिजाइनमा यो खेल भएको हो । यसमा को-को संलग्न थिए भन्ने कुरा धेरैले बुझिसकेका छन्, थप तथ्य बिस्तारै आउँछ',उच्च स्रोत भन्छ, 'स्वार्थ धेरैको थियो होला,तर युरोपियन युनियन र अमेरिकाको रुचिले जित्यो । यसअघि अमेरिकाकै आडमा ६ वटा देशमा पनि यस्तै विद्रोह भएको थियो । भारतीयहरू त अहिले किन र कसरी यस्तो भयो र यसको स्वरूप के हो भनेर दिल्लीमा रहेका हाम्रा अफिसरहरूसँग नियमित संवाद र सम्पर्कमा छन् ।'
बाह्य शक्तिको खेललाई देशभित्र प्रधानमन्त्री हुने कतिपयको महत्वाकांक्षाले प्रत्यक्ष-परोक्ष सघाउ पुर्याएको दाबी गर्दै स्रोतले माओवादी अध्यक्ष प्रचण्डदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) साहसम्मको नाम लिएको छ । जेन-जी आन्दोलन शुरु हुनुअघि यी तीनै जनाले समर्थन जनाएका थिए । तर, प्रतिपक्षमा रहेको प्रचण्ड र रविको भूमिका सरकारको आलोचकको तहमा मात्रै देखिएको बताइन्छ ।
काठमाडौँ महानगरका मेयर बालेनले त अप्रत्यक्षरूपमा आन्दोलनको अगुवाई नै गरेका थिए । अघिल्लो दिन २३ गते १९ जनाको गोली लागेर निधन भएपछि तत्कालीन प्रम ओलीलाई 'तँ' सम्बोधन गर्दै फेसबुकमा उग्र स्टाटस लेखेका उनले भोलिपल्ट सिंहदरबारमा आगो झोस्नेहरुलाई सम्बोधन गर्दै घर फर्किन अपिल गरेका थिए । जेन-जीहरूले जितेको घोषणा गर्दै राष्ट्रपतिलाई संसद विघटन गर्न निर्देशनसमेत दिएका थिए ।
देशमा यत्रो विध्वँश मच्चिंदा पनि बाहिर नदेखिएका र चुइङ्क्क नबोलेका उनले भित्रभित्र भने खतरनाक खेल खेलिरहेको बुझ कठिन छैन । हर्क सम्पाङ्गहरुलाई फालेर ७३ वर्षे सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने ग्राण्डडिजाइन पनि बालेनकै हो भनिंदैछ । आखिर एउटा महानगरको मेयर,जो आफैँ देखिनेगरी आन्दोलनमा सहभागी भएको थिएन भने उसको यो भूमिकालाई कसरी हेर्ने ? देशभित्रको शक्तिले मात्र यो सारा सम्भव छ ?
जानकार स्रोतका अनुसार पाँच-सात वर्ष पहिलेदेखि नै बालेनलाई अमेरिकाले 'ग्रुम' गर्दै ल्याएको हो । यसको पृष्ठभूमि बुझ्न २०७९ को स्थानीय चुनावसम्म पुग्नुपर्ने हुन्छ । उनलाई चुनाव जिताउन काठमाडौँस्थित अमेरिकी दूतावासले शुभेच्छा दिएको थियो ।
त्यतिबेला बालेनको पक्षमा सोसल मुभमेन्ट बढाउन र मत सर्वेक्षण लिन दूतावासको सुरक्षामा खटिएका नेपाल प्रहरीका सई सुवास श्रेष्ठलाई प्रयोग गरिएको दावी स्रोतको छ । हाल अमेरिकामा रहेका श्रेष्ठ डिआइजी कुमार कोइरालाको निजी सचिवको जागिर छोडेर दूतावासको सुरक्षामा गएका थिए।
'चाइनिज एम्बेसीसँगैको रोडहाउस क्याफेमाथि एउटा जिम गर्ने ठाउँ छ, त्यहाँ आउनेहरूलाई बालेन कस्तो लाग्छ भनेर सोध्थे', त्यसबेलाको सन्दर्भ स्मरण गर्दै स्रोतले खुलायो ' धेरै पछि थाहा भयो त्यो त सर्वेक्षण पो गरेका रहेछन् ।'
टिप्पणीहरू