जेन–जीको आगोले भवन ध्वस्त भएपछि अदालत ठप्प
काठमाडौं जिल्ला अदालतको काम कारबाही अनिश्चितकालका लागि स्थगित भएको छ । जेन–जी आन्दोलनका क्रममा आगजनीले अदालतको संरचना पूर्ण रुपमा ध्वस्त भएपछि अनिश्चितकालका लागि काम कारबाही स्थगन गरिएको हो ।
अदालतको प्रशासन शाखाले एक सूचना जारी गर्दै पेशीलगायतका सम्पूर्ण सेवाहरु अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको जनाएको छ ।
‘मिति २०८२–५–२४ मा भएको आगजनीको कारण यस अदालत पूर्ण रुपमा जली अदालतमा रहेका सम्पूर्ण मुद्दाका मिसिल,इजलास तथा फाँट जलेर नष्ट भएको हुँदा यस अदालतबाट प्रवाह हुने पेशीलगायतका सम्पूर्ण सेवाहरु अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।
टिप्पणीहरू