अत्यावश्यक बैंकिङ्ग तथा डिजिटल भुक्तानी सुचारु
नेपाल राष्ट्र बैंकको निर्देशनपछि अत्यावश्यक बैंकिङ्ग तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारु भएको छ ।
सीमित कर्मचारीबाट आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी सेवा सुचारु गर्न राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिएको हो । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै अत्यावश्यक बैंकिङ्ग तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारुको व्यवस्था मिलाइएकोले सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवाबारे सम्बन्धित संस्थाको वेबसाइटबाट जानकारी प्राप्त गरी सेवा लिन आग्रह गरेको छ ।
सूचनामा भनिएको छ, ‘सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवाबारे सम्बन्धित संस्थाको वेबसाइट वा सामाजिक सञ्जालमार्फत जानकारी सेवा लिन सकिने व्यहोरा सम्पूर्ण सरोकारवालालाई जानकारी गराइन्छ । साथै, यथासम्भव डिजिटल वित्तिय सेवाको प्रयोग गर्नुहुनसमेत अनुरोध छ ।’
त्यस्तै, अन्य प्रणालीको हकमा जोखिमको आधारमा रिमोट एक्सेसमार्फत सेवा सञ्चालनको व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।
टिप्पणीहरू