अरुले नमानेपछि पार्वतीलाई अप्ठेराे ठाउँ
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाको नेतृत्व सहसचिव पार्वती शर्मालाई दिइएको छ।
कर्मचारी प्रशासन हेर्ने सहसचिव दिवश आचार्य स्वास्थ्य मन्त्रालयमा गएपछि सहसचिव कालीप्रसाद पराजुलीलाई निमित्त जिम्मेवारी दिइयो। तर, उनले पनि महाशाखामा जान इच्छा नदेखाएपछि त्यहाँ शर्मालाई पठाइएको छ । उनै पार्वतीले आजदेखि कार्यभार सम्हालेकी हुन् ।
मन्त्रालयमा कर्मचारी प्रशासन महाशाखालाई जस नपाइने इकाइका रूपमा लिने गरिन्छ। धेरै कर्मचारीको चित्त बुझाएर काम गर्नुपर्ने भएकाले त्यहाँ हाकिम भएर जान धेरैले अरुची देखाउने गरेको पाइन्छ । त्यसैले सचिव बढुवाको लाइनमा रहेका पराजुलीले पनि अनिच्छा देखाएका हुन् ।
पराजुलीले इच्छा नदेखाएपछि हालै मन्त्रालयमा सरुवा भएर आएकी सहसचिवद्वय नीता अर्याल र पार्वतीमध्ये एकले प्रशासन महाशाखा हेर्नुपर्ने अवस्था उत्पन्न भएको बताइन्छ । नीता पनि सचिव बढुवाको लाइनमा देखिन्छ । अहिले मन्त्री भगवती न्यौपानेको रोजाइमा पार्वती परेकी हुन् ।
यता, सिंहदरबारभित्र कर्मचारी प्रशासन महाशाखाले उनकाे जनसम्पर्कमा राम्रो दख्खल भएकाेले त्यहाँ लगिएकाे चर्चा छ । कर्मचारी प्रशासन महाशाखाअन्तर्गत पनि संघ र स्थानीय तह हेर्ने फरक–फरक दुई फाँट छन् । यसको नेतृत्व उपसचिव तहका कर्मचारीले गर्छन् ।
टिप्पणीहरू