बसपार्क नजिकैको घरबाट करोडौं नगद र सुन बरामद
राजधानीको गोंगबु बसपार्क नजिकैको घरबाट प्रहरीले करोडौं नगद र ठूलो परिमाणमा सुन बरामद गरेको छ । छापा मारिएको घरबाट सुन र नगदसहित गोर्खा घर भएका विनोदकुमार श्रेष्ठलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरभित्र शंकास्पद गतिविधि भइरहेको सूचना पाएपछि छापा मारिएको हो । बरामद नगद तीन करोडभन्दा बढी रहेको र सुनको परिमाण तौलने क्रममा रहेको बताइन्छ ।
श्रेष्ठको मोबाइल समेत जफत गरी उक्त घटनामा संलग्न अन्य व्यक्तिको पहिचान गर्ने कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।
टिप्पणीहरू