यादव मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री

यादव मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री

मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सरोजकुमार यादवलाई दिइएको छ । मुख्यमन्त्री सतिशकुमार सिंह मलेसिया भ्रमणमा गएकाले प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री यादवलाई हिजो साँझदेखि कार्यवाहकको जिम्मेवारी दिइएको छ । 

कार्यवाहकको जिम्मेवारी दिइएको पत्रमा लेखिएको छ, ‘म काम विशेषले देश बाहिर हुने भएकोले फर्कि नआउन्जेलसम्मको लागि तपाईंलाई मधेश प्रदेश सरकार (कार्यसम्पादन) नियमावली, २०८० को नियम १४ को उपनियम (३) बमोजिम कार्यवाहक मुख्यमन्त्री तोकेको व्यहोरा जानकारी गराउँदछु ।’ 

निजी भ्रमणमा मलेसिया गएका मुख्यमन्त्री सिंहको मंगलबार नेपाल फर्किने कार्यक्रम छ ।

टिप्पणीहरू