‘भ्रष्ट डिजी’ को आरोपमा उजुरी दर्ता

‘भ्रष्ट डिजी’ को आरोपमा उजुरी दर्ता

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचारको अर्को उजुरी दर्ता गरिएको छ । पोखरा विमानस्थल निर्माणमा करिब १० अर्ब रुपैयाँ भ्रष्टाचार गरेकाले उनीमाथि आवश्यक कानुनी कारबाहीको माग गर्दै उजुर गरिएको बताइन्छ । 

उजुरीकर्ता युवराज सफलले प्रधानमन्त्री, सभामुख र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष अधिकारीलाई तत्काल निलम्बन गरेर आवश्यक कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै १२ पृष्ठको उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा लेखिएको छ, ‘अधिकारीले अर्बौं भ्रष्टाचार गर्दा पनि कारबाही गरिएको छैन ।’

टिप्पणीहरू