सात लाख भ्रष्टाचारमा एक दर्जनको मिलेमतो
मुगुको सोरु गाउँपालिकामा सडक निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
मुद्दा चलाइएकामध्ये इन्जिनियर, सबइन्जिनियर, लेखापाल, योजना शाखा प्रमुख, वडा अध्यक्ष, अनुगमन समिति र उपभोक्ता समिति सदस्य तथा सचिवहरू हुन् । मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७–७८ मा जवलधारा पीसीसी सडक निर्माणका क्रममा सात लाख छ हजार ७९९ रुपैयाँ हिनामिना गरिएको दाबी छ ।
उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम कैद र जरिवाना सजाय माग गरिएको छ ।
टिप्पणीहरू