मोबाइल अफ गरेर पूर्वमुख्यमन्त्री ६ घण्टाको यात्रामा

मोबाइल अफ गरेर पूर्वमुख्यमन्त्री ६ घण्टाको यात्रामा

दिनभर सम्पर्कविहीन भएका बागमती प्रदेशका १४ सांसद अन्ततः सम्पर्कमा आएका छन् । निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामासहितका कांग्रेस सांसदहरु केहीबेर अघि प्रदेश सभा भवन छिरेका छन् । 

अब मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाउने निश्चित देखिएको छ । ४ बजेदेखि बसेको प्रदेश सभाको बैठकमा बानियाँले विश्वासको मत लिने कार्यसूची छ । लामासहितका नेताहरु ६ घण्टादेखि सम्पर्कविहीन भएपछि खैलाबैला मच्चिएको थियो । 

उनीहरु सम्पर्कविहीन हुँदा बानियाँले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा सहभागी गराएरै भए पनि विश्वासको मत लिने तयारी समेत गरिसकेको बताइन्छ । तर लामासहितका सांसदहरु पूर्वनिर्धारित समयभन्दा केही ढिला प्रदेश सभा छिरेपछि बानियाँको विश्वासको मतमा हुनसक्ने समस्या तत्काललाई टरेको छ । 

आफूसँग रहेका १४ जना सांसदले नै मोबाइल अफ गर्नुको कारणबारे भने लामाले खुलाएका छैनन् ।

टिप्पणीहरू