छोरीको जन्मदिनमा अञ्जुले बाँडिन् नि:शुल्क खाना
चर्चित गायिका अञ्जु पन्तले छोरीको जन्मदिन पारेर असहाय बिरामीलाई भात खुवाएकी छन् ।
उनले आज छोरी परितोषिकासँग वीर अस्पताल पुगेर त्यहाँका बिरामीलाई नि:शुल्क भोजन गराएकी हुन् । ४६ वर्षीया अञ्जुले दुई वर्षअघि थीर कोइरालासँग दोस्रो बिहे गरेकी थिइन् । आज जन्मदिन परेकी परितोषिका भने पहिलो श्रीमान मनोजराज शिवाकोटीतर्फकी छोरी हुन् ।
डिभोर्सपछि पनि परितोषिकालाई अञ्जु र मनोजराजले संयुक्त रुपमा हेरचाह गर्दै आएका छन् । दोश्रो श्रीमानबाट भने अञ्जुको अहिलेसम्म बालबच्चा भएको छैन ।
झण्डै तीन सयभन्दा बढी चलचित्रको गीत र १० हजारभन्दा बढी आधुनिक तथा लोकपप गीत गाएकी अञ्जु पछिल्लो समय ‘मेरो भ्वाइस युनिभर्स’मा निर्णायकको भूमिका निभाइरहेकी छन् । उनका गीतहरु दर्शक/स्रोतले सर्वाधिक रुचाइएकामै पर्दछन् ।
टिप्पणीहरू