काठमाडौं प्रहरी परिसरभित्र गुण्डाको हुल

काठमाडौं प्रहरी परिसरभित्र गुण्डाको हुल

प्रहरीले गुण्डा नाइकेको रुपमा परिचित चक्रे मिलनसहित ४७ जनालाई पक्रेको छ । उनीहरुलाई गएराति महाराजगञ्ज क्षेत्रबाट नियन्त्रणमा लिएर प्रहरी परिसर,भद्रकाली पुर्याइएको हो ।

चक्रेको बर्थडे मनाउने क्रममा महाराजगञ्ज क्षेत्रमा होहल्ला गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको दावी छ । तिनले हिजो दिउँसो महाराजगञ्ज चक्रपथस्थित होटल इन्द्रेणी बाहिर फुटपाथमा बसेर होहल्ला गर्दै बर्थडे केक काटेका थिए । सोही समूह राति पनि होहल्लामा लागेपछि प्रहरीले उनीहरुलाई पक्रेको बताइन्छ । 

तीन वर्षअघि चक्रे हतियार बोकेर हिँडेको अवस्थामा पक्राउ परेका थिए ।

टिप्पणीहरू