बलात्कारको बात लागेर राजेश अहिराज जेल चलान
काठमाण्डौ जिल्ला अदालतले आज युवती बलात्कार आरोपमा मधेस प्रदेशका पूर्व प्रमुख राजेश अहिराज भनी चिनिने सर्लाही निवासी राजेश झा लाई पुर्पक्षकाे निम्ति थुनामा पठाउने आदेश गरेको छ । पीताम्बर शर्माको इजलासले निजलाई प्राप्त प्रमाणका आधारमा निर्दोष भन्न नसकिने ठहरसहित पछि नै अन्तिम टुंगो लाग्नेगरी हाललाई कारागार चलान गर्न आदेश दिएको हो ।
एअर होस्टेस बनाइदिने आश्वासनमा ७ बर्षदेखि यौन शोषण गर्दै आएको भनी २३ बर्षिया ती युवतीले उजुर हालेकी थिइन् ।
अहिराजले पनि आफूलाई हनी ट्र्यापमा पारिएको भन्दै युवतीविरुध्द महिला आयोग गुहारेका थिए । युवती अन्तिम गुहार माग्न प्रहरीमा पुगेर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराएसङ्गै अहिराज लामो समय भारततिरै भूमिगत थिए ।
टिप्पणीहरू