वडाध्यक्षकै अगाडि एमाले वडा सचिवमाथि हातपात

वडाध्यक्षकै अगाडि एमाले वडा सचिवमाथि हातपात

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२, का एमाले वडा कमिटी सचिव नवराज दुवाडीमाथि हातपात भएको छ । जिल्ला मालपोत कार्यालयमा कार्यरत सवारी चालक अमृतजंग भण्डारी (अक्कल) ले उनीमाथि हात हालेका हुन् । 

वडा नम्बर १२,पशुपति डाँडास्थित सडक विस्तारका निम्ति शुक्रबार वडाध्यक्ष धर्मराज भण्डारीको उपस्थितिमा सडकले छोएको घरधनी र जग्गाधनीबीच छलफल भइरहेको थियो । त्यसक्रममा सो घरजग्गासँग सरोकार नै नभएका सवारी चालक अक्कल जग्गाधनी दुवाडीमाथि एकाएक हातपातमा उत्रिएको जनाइएको छ । 

‘सडक नजिकका उपभोक्ताहरुसँग छलफल भइरहेको स्थानमा सो क्षेत्रको घरजग्गासँग असम्बन्धित व्यक्ति जिल्ला मालपोत कार्यालय धादिङका सवारी चालक अमृतजंग भण्डारी (अक्कल) ले एकाएक हातपात गरे,’ एमाले वडा कमिटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

सडक विस्तारका निम्ति जग्गा उपलब्ध गराउन सहमत भइसकेको अवस्थामा दुवाडीमाथि गरिएको आक्रमणको घोर भर्त्सना गर्दै कमिटीले कडा कानूनी कारबाहीको माग गरेको छ । भनिएको छ, ‘सांघातिक आक्रमणमा उत्रिएका अमृतजंग भण्डारी (अक्कल) लाई कडा कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछौं ।’

टिप्पणीहरू