राहत रकम खानेलाई ठूलो जिम्मेवारी
आर्थिक अपचलनको अभियोगमा छानबीन चलिरहेका व्यक्तिलाई राष्ट्रिय युवा संघ लुम्बिनीको संयोजक तोकिएको छ । अध्यक्ष सुरज खरेललाई निलम्बन गर्दै युवा संघका महासचिव महेश चौलागाईले सचिव सन्तोष वलीलाई संयोजक तोकेका हुन् ।
वलीले २०८० कार्तिक १६ गते जाजरकोटमा गएको भूकम्पका पीडितलाई राहत दिने भन्दै करिब ४ लाख रूपैयाँ चन्दा उठाएको र हिनामिना गरेको भन्दै असार २८ गते बसेको लुम्बिनी प्रदेश कमिटी बैठकले सचिवालय सदस्य कृष्ण पाण्डेको संयोजकत्वमा ५ सदस्यीय छानबीन समिति गठन गरेको थियो ।
वलीले चन्दादाताको फोटोसहित सहयोग रकम उल्लेख गरी फेसबुकमा पोष्ट गरेर पछि डिलिट गरेका थिए । युवा संघको बिधानअनुसार अध्यक्ष खरेल निलम्बनमा परेपछि प्रदेश कमिटीको बैठकले उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुपर्ने हो । उपाध्यक्ष भुपाल शर्मा छन् ।
वलीले चन्दादाताको फोटोसहित सहयोग रकम उल्लेख गरी फेसबुकमा पोष्ट गरेर पछि डिलिट गरेका थिए । युवा संघको बिधानअनुसार अध्यक्ष खरेल निलम्बनमा परेपछि प्रदेश कमिटीको बैठकले उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुपर्ने हो । उपाध्यक्ष भुपाल शर्मा छन् । शर्मा निलम्बित अध्यक्ष खरेल निकट भएकाले उनलाई साइड लगाइएको बताइन्छ । वलीलाई संयोजक तोकिएको पत्रमा युवा संघ बिधानको कुन धारा वा उपधाराअनुसार संयोजक तोकिएको हो भन्ने केही उल्लेख छैन ।
उपाध्यक्ष शर्माले उपाध्यक्ष हुँदाहुँदै सचिवलाई संयोजक तोक्नु बिधानविपरित भएको बताए । उनका अनुसार अध्यक्ष निलम्बन भएको अवस्थामा प्रदेश कमिटीले उपाध्यक्षलाई कार्यवाहक अध्यक्ष तोक्नुपर्छ । ´केन्द्रीयताका नाममा बिधानविपरीत सचिवलाई संयोजक तोक्ने कुरा मान्य हुँदैन । उनले भने ´आर्थिक अपचलनमा मुछिएका मान्छेलाई प्रदेश कमिटीले संयोजक स्वीकार्ने कुरै हुँदैन ।`
टिप्पणीहरू