पूजा लामाको ‘कमब्याक’ तयारी
साठीको दशककी चर्चित गायिका तथा मोडल पूजा लामाले नेपाली चलचित्रमा ‘कमब्याक’ गर्ने तयारी गरेकी छन् ।
१३ वर्षअघि एक डिजेसँगको अश्लिल भिडियो सार्वजनिक भएपछि विदेश हानिएकी उनले चलचित्रमार्फत् पुनरागमन गर्न लागेकी हुन् । ‘सुन सुन माया’, ‘चिया बारीमा’लगायतका दर्जनौ हिट गीत दिएकी उनी पछिल्लो समय नेपालमै बस्नेगरी विदेशबाट फर्किएकी छन् ।
उनले विभिन्न मिडियालाई अन्तवार्ता दिर्दै आफू हराउनुको कारण समेत खुलाएकी छन् । यति धेरै समय कहाँ हराउनुभयो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भनेकी छन्, ‘मेरो मङगेतरसँग भएको प्राइभेट चीज बाहिर आयो, त्यो पनि हाम्रो सहमतिबिना। त्यसलाई मान्छेले काण्डको रूपमा लिएर हल्ला गरे, मानिसले मलाई बारम्बार एउटै कुराले मानसिक यातना दिन थालेपछि मलाई यो समाजभन्दा टाढा कतै गएर बस्न मन थियो, त्यसैले हराएकी हुँ ।’
आफू नेपाल फर्किएको जानकारी पाएपछि केही निर्माता र निर्देशकहरुसँग सहकार्यको कुराकानी भइरहेको पनि पूजाले जानकारी दिइन् । यद्यपि, त्यसबारे अझै छलफल गर्न बाँकी रहेको उनको भनाइ छ ।
टिप्पणीहरू