एमालेको च्यासल भेलामा किन घट्न थाले नेता र कार्यकर्ता  ?

एमालेको च्यासल भेलामा किन घट्न थाले नेता र कार्यकर्ता  ?

नेकपा (एमाले) ले पार्टीलाई सबल एवम् व्यवस्थित बनाउन बिधान अधिवेशनको मिति तय गरेको छ । तर,पछिल्लो समय पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टीमा कृयाशीलता बढाएसँगै च्यासल मुख्यालयमा कार्यकर्ताको उपस्थिति  घट्दै गएको देखिन्छ । बिधान अधिवेशनको तयारीवारे महासचिव शंकर पोखरेलको मन्तब्य हुने भनिएको कार्यक्रममा उपस्थिति दयालाग्दो स्थिति देखिन्छ । 

बिधान महाधिवेशनलाई थप प्रभावकारी बनाउन गरिएको भेलामा परिभाषित कार्यकर्ताको उपस्थिति नै झिनो संख्यामा हुन थालेको छ । अघिल्लो साता केन्द्रीय कार्यालय च्यासलमा  जनसंगठनका पदाधिकारीको भेला डाकिएको थियो । त्यसको केही समयपछि  केन्द्रीय बिभागमा रहने सदस्यहरुको पनि भेला पनि राखियो  । यी दुवै भेलामा महासचिव शंकर पोखरेलले निर्देशन र जानकारी दिने भएका कारण अनिवार्य उपस्थितिका लागि एक एक व्यक्तिलाई टेलिफोन गरेर डाकिएको थियो । तर,यी भेलामा जिम्मेवारीमा भएको आधा पनि संख्या उपस्थित भएनन् । एमालेमा अहिले २२ जनसंगठन छन् । २२ जन संगठनमा अधिवेशन भएकाहरुमा नौ जना पदाधिकारी छन् । त्यसका आधारमा पनि  १ सय ९८ जना पदाधिकारी आउनुपर्ने थियो । तर,यो भेलामा साह्रै थोरै भेला भएको एक पदाधिकारीले बताए । ६० जनासम्म च्यासल पुगेको उनको भनाइ थियो । 

त्यसैगरी एमालेको हाल ३२  विभाग छन् । ती विभागमा  कम्तीमा २१ जना सदस्य छन् । यस हिसावले ६ जनाको दरले ७२ जना उपस्थित हुनुपर्ने हो ।  तर यो भेलामा एक सय जना पनि थिएनन् । कतिपय बिभागको शून्य उपस्थिति थियो । माथिबाट नेताहरुले हात उठाउन लगाउँदा धेरै बिभागका सदस्य उपस्थित नै थिएनन् ।

महासचिवले भाषण गर्ने मात्र काम भएको आरोप कर्ण थापाले त्यहीँ लगाए । स्थायी कमिटी,पोलिटब्युरो सदस्यहरु पनि उपस्थित हुने तर, महासचिवले भाषण गरेसङ्गै कार्यक्रम सकियो भन्ने गरिएको छ । न अन्य वक्तालाई बोल्ने अवसर न त उपस्थिति सहभागीबाट नै सुझाव लिने काम हुन्छ  । कर्मकाण्डी शैलीका कारण उपस्थिति कम भएको एक कार्यकर्ता बताउँदै थिए ।

टिप्पणीहरू