ग्लोबल आईएमई समुन्नत योजना - २ मा अत्यधिक आवेदन

ग्लोबल आईएमई समुन्नत योजना - २ मा अत्यधिक आवेदन

ग्लोबल आइएमई क्यापिटल लिमिटेडले ‘ग्लोबल आईएमई समुन्नत योजना–२’ इकाईको शेयर बिक्री आवेदन बन्द गरेको छ । मागभन्दा बढी आवेदन परेपछि कम्पनीले निवेदन लिन बन्द गरेको छ । असार २२ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको छ । ग्लोबल आइएमई म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने उक्त योजना १० वर्षे बन्दमुखी योजना हो । 

जारी कुल १२ करोड इकाईको १५ प्रतिशत इकाईमध्ये १.५ प्रतिशत अर्थात् १८ लाख इकाई योजना व्यवस्थापक ग्लोबल क्यापिटल र १३.५० प्रतिशत इकाई बीज पूँजीको रुपमा राखी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो । 

जसमा असार २७ गतेसम्म न्यूनतम एक सयदेखि एक करोड २० लाख इकाई आवेदन दिनसक्ने व्यवस्था गरिएकोमा अत्यधिक निवेदनपछि क्यापिटलले बिक्री बन्द गरेको छ । कम्पनीले भनेको छ, ‘ग्लोबल आईएमई समुन्नत योजना–२ को इकाई निष्कासन खुल्ला हुने अन्तिम दिन मिति २०८२–०३–२७ गते बैंकिङ्क समयसम्म आवेदन गर्न सकिने भएपनि मागभन्दा बढी थप २५ प्रतिशत इकाइको लागि आवेदन प्राप्त भएकोले इकाई खरिदका लागि आवेदन लिने कार्य बन्द गरिएको छ ।’
 

टिप्पणीहरू