प्रेस चौतारीका नेताविरुद्ध आत्महत्या दुरुत्साहनको किटानी
प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्रीविरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेको छ । खत्रीविरुद्ध अस्ति साँझ जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दर्ता गरिएको छ ।
रुकुम पूर्व सिस्ने गाउँपालिका ६, खोपीचार घर भइ सिस्ने गाउँपालिकामा कार्यालय सहायक पदमा कार्यरत २५ वर्षीया कोइली शाही शनिबार बिहान कोठामा मृत फेला परेकी थिइन् । उनको परिवारले आत्महत्या दुरुत्साहनको आशंकासहित खत्रीविरुद्ध प्रहरीमा जाहेरी दिएको हो ।
परिवारका अनुसार खत्रीले शाहीलाई फोन गरेर बारम्बार मानसिक दबाब दिँदै आएका थिए । त्यही टर्चर सहन नसकेर उनले आत्महत्या गरेको हुनसक्ने परिवारको भनाई छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक उमा शंकर प्रसाद यादवले घटनाको अनुसन्धान भइरहेको र जाहेरी परेको व्यक्तिको खोजी कार्य चलिरहेको बताए ।
टिप्पणीहरू