एसबिआई बैंक ३३ औं वर्षमा

एसबिआई बैंक ३३ औं वर्षमा

नेपाल एसबीआई बैंक ३३ औं वर्षमा प्रवेश गरेको छ । बैंक स्थापनाको ३३ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा ३२ औं वार्षिकोत्सव मनाइएको छ । सो अवसरमा बैंकले शपथ ग्रहण समारोह आयोजना गरेको थियो । 

जहाँ बैंकका सबै कर्मचारीले बैंकप्रतिको जिम्मेवारीका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार तिवारीले बैंकको उपलब्धिबारे प्रकाश पार्दै वित्तिय सेवामा अग्रणी र अग्रगामीका रुपमा बैंकको स्थान कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्नुपर्नेमा पनि जोड दिए । 

त्यस्तै, बैंकका डेपुटी सीईओ तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्दले बैंकको उपलब्धिमा योगदान पुर्याइएकोमा सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गर्दै आगामी वर्षमा पनि यसरी नै अघि बढ्न आग्रह गरे । 

बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा कमलादीस्थित कर्पोरेट कार्यालयसहित सबै प्रदेश कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको पनि जनाएको छ । साथै, भैरहवा, रुपन्देहीमा अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचेयर वितरण गरिएकोसमेत बताइएको छ । 

एसबिआई बैंकले देशभर रहेका आफ्ना २२ एक्सटेन्सन काउण्टर, सात प्रादेशिक कार्यालय, १९ शाखारहित बैंकिङ्ग, एक सय २५ एटीएम, एक सय एक शाखा र एक कर्पोरेट कार्यालयमार्फत उच्चस्तरीय वित्तिय सेवा प्रवाह गर्दै आएको छ ।

टिप्पणीहरू