किराना पसलमा क्रिप्टोको धन्दा
किराना पसलकाे आवरणमा अवैध क्रिप्टो करेन्सीको कारोबार गर्ने दुई जना समातिएका छन् ।
भारत घर भई हाल ललितपुरको सानेपामा राजतीर्थ ट्रेडर्स सञ्चालन गर्दै आएका ४३ वर्षीय रुपेशकुमार गुप्ता र २२ वर्षीय विपिन कुमार पक्राउ परेका हुन् । हिजो केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को नियन्त्रणमा आएका उनीहरुलाई आज सार्वजनिक गरियो ।
प्रहरीका अनुसार उनीहरुको साथबाट आठ लाखभन्दा बढी नेपाली रुपैयाँ र दश हजार भारतीय रुपैयाँ पनि बरामद गरिएको छ । यी दुईले हालसम्म डेड अर्बभन्दा बढी क्रिप्टो कारोबार गरिसकेको सिआइबीका प्रवक्ता एसपी युवराज खड्काले जानकारी दिए ।
टिप्पणीहरू