नक्कली नोटका कारोबारी कारागार चलान
नक्कली नोट कारोबारमा सजाय कटाएर छुट्नेबित्तिकै सम्पत्ति शुद्धिकरण कसुरमा समातिएका युनुस अन्सारी कारागार चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको एकल इजलासमा भएको थुनछेक बहसपछि उनलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइयो । तर तोकिएको रकम बुझाउन नसकेपछि सुन्धारास्थित केन्द्रीय कारागार चलान गरिएको छ । सम्पत्ति शुद्धिकरण कसुरमा उनीविरुद्ध अनुसन्धान सकेर प्रहरीले गत शुक्रबार रायसहित प्रतिवेदन बुझाइएको थियो । नौ करोड नौ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दर्ता गरिएको थियो ।
२०७६ जेठ १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे सात करोड नक्कली भारुसहित समातिएका युनुस सजाय कटाएर गत जेठ १० गते छुटेका थिए । छुट्नेबित्तिकै उनलाई सम्पत्ति शुद्धिकरण कसुरमा प्रहरीले समातेको थियो ।
टिप्पणीहरू