११ महिनामा ६ हजार बढीले गरे आत्महत्या

११ महिनामा ६ हजार बढीले गरे आत्महत्या

नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । नेपाल प्रहरीका अनुसार पछिल्लो एघार महिनामा मात्रै छ हजार बढीले आत्महत्याको बाटो रोजेका छन् ।

चालु आर्थिक वर्ष २०८१–०८२ को जेठ मसान्तसम्ममा छ हजार एकसय जनाले आफैँ प्राण त्यागेको प्रहरीले जनाएको छ । तीमध्ये तीन हजार २९७ पुरुष, दुई हजार ४२ महिला, २३४ बालक र ५२७ जना बालिका रहेको प्रहरीले जनाएको छ। 

त्यसमा झुण्डिएर, विष सेवन, हामफालेर, विभिन्न औजार तथा हातहतियार र शरीरमा आगो सल्काएर आत्महत्या गर्नेहरु बढी छन् । साथै, जेठ मसान्तसम्म आत्महत्या सम्बन्धी ६ हजार ८६ वटा मुद्दा दर्ता भएको पनि जनाइएको छ।

प्रहरीका अनुसार सबैभन्दा बढी मुद्दा कोशी प्रदेशमा दायर भएको छ । त्यहाँ एक हजार ३०६ वटा मुद्दा दर्ता भएको हो । त्यसपछि लुम्बिनीमा एक हजार १७०, मधेशमा एक हजार ६२, बागमतीमा ७५३, गण्डकीमा ५६७, सुदूरपश्चिममा ५०८ र कर्णालीमा २६८ वटा मुद्दा दर्ता भएका छन् ।

टिप्पणीहरू