विशेष अदालतमा प्रदिप अधिकारीको थुनछेक बहस

विशेष अदालतमा प्रदिप अधिकारीको थुनछेक बहस फाइल फोटो

हेलिपोर्ट निर्माणमा घोटाला गरेको अभियोगमा भ्रष्टाचार मुद्दा चलाइएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको थुनछेक बहस शुरु भएको छ । 

विशेष अदालतका न्यायाधीशहरू विदुर कोइराला, हेमन्त रावल र डिल्लीराज श्रेष्ठको संयुक्त इजलासमा अहिले सुनुवाइ चलिरहेको छ । शुक्रबार न्यायाधीश नारायणप्रसाद पौडेलले हेर्न नमिल्नेमा राख्दै प्रतिवादीहरूलाई आज अदालतमा उपस्थित गराउन आदेश दिएका थिए ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित सात जनालाई प्रतिवादी बनाएर बुधबार विशेषमा अभियोगपत्र दायर गरेको थियो । अभियोग पत्रमा १३ करोड ५७ लाख विगो र कैद सजायको मागदाबी लिइएको छ ।

यस प्रकरणमा चार जना फरार रहेको अख्तियारले जनाएको छ ।
 

टिप्पणीहरू