पत्रकारकै अध्यक्ष निलम्बित, हात परेको कार्यक्रम फुत्किँदै

पत्रकारकै अध्यक्ष निलम्बित, हात परेको कार्यक्रम फुत्किँदै

स्वास्थ्य पत्रकारहरूको साझा संस्था मानिएको स्वास्थ्य पत्रकार मञ्चभित्र पछिल्लो समय खैलाबैला छ ।

केही पदाधिकारी र सदस्यले गुटबन्दी गरेपछि मञ्चमा किचलो चर्किएको बताइएको छ । अध्यक्ष भिसा काफ्‌ले हाल ६ महिनाको लागि निलम्बनमा छन् । २९ जेठमा बसेको कार्यसमिति बैठकले उनलाई निलम्बन गरेको हो ।

निर्णयमा कार्यसमितिका ११ जनाले हस्ताक्षर गरेकोमा कतिपय फेरि उनकै पक्षमा उभिएका छन् । उपाध्यक्ष सञ्जिता खनाल,महेश तिमल्सिना, सचिव ज्योति अधिकारी,सदस्य बिना न्यौपानेमाथि अध्यक्षमाथि "कू" को भूमिका खेलेको आरोप छ । 

८० जना सदस्य रहेको यो संस्थामा कतिपय पेशाभन्दा बाहिरका समेत छन् । र,शुद्धिकरणको माग भैरहेको छ ।  विगतमा पनि संस्थामा भाँडभैलो मच्चिएपछि केही राम्रा पत्रकार बाहिरिन बाध्य भएका थिए ।

पछिल्लो समय लफडा निम्तिनुमा साधारण सदस्य महेश र गौतम अनि मञ्चको चुनावमा सचिव हारेका प्रकाश बस्यालको नाम पनि आएको छ । ‘कार्यसमितिमा देखिएको तमाशाले यो संस्था धेरै टिक्दैन र कार्यवाहक अध्यक्ष र महासचिवले काम गर्न सक्ने अवस्था छैन,घेराबन्दी र कोरम नपुगेपछि काम कसरी हुन्छ ?’, समाचार स्रोतले भन्यो । 

संस्थामा देखिएको बेमेल र गुटबन्दीले दुईवटा हात परेको कार्यक्रमसमेत फुत्कने अवस्थामा पुगेको बताइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले १८ असारमा कार्यक्रम गर्ने प्रस्ताव थियो । तर,मञ्चको भाडभैलोलाई देखाएर कार्यवाहक अध्यक्ष र महासचिवले कार्यक्रम नगर्ने निर्णय गरेको महाशाखाका एक कर्मचारीले बताए । 

‘उहाँहरुको संस्थामा गुटबन्दी धेरै रहेछ, कार्यसमितिमा एकमत रहेछन्, काम गर्न नदिने र तनाव दिएपछि महासचिव र कार्यवाहक अध्यक्षले कसरी काम गर्थे’,ती कर्मचारीले भने, ‘हामीले कार्यक्रम गरौं भनेर अध्यक्ष र महासचिवसँग भनेका हौं, तर उहाँहरुले संस्थामा समस्या आएको भन्दै नसक्ने बताउनुभएको थियो ।’ 

त्यस्तै, सञ्चार मन्त्रालयले मञ्चलाई कार्यक्रम गर्न भनेर एक लाख अनुदान बजेट छुट्याएको छ । त्यसमा सम्झौता समेत भैसकेको थियो । तर, यो कार्यक्रम पनि फुत्किने अवस्थामा छ । संस्थालाई आएका दुईवटा कार्यक्रम रोकिएपछि कार्यवाहक अध्यक्ष बुद्धि कटेल,महासचिव शिवहरि घिमिरे, सल्लाहकार सरोज ढुंगेल,सल्लाहकार उद्धव भेटुवाल,सदस्य सुरेश खनाल, सदस्य उपेन्द्र खड्का र सन्तोष राई तनावमा छन् । उनीहरु पेलेरै कार्यक्रम गरौं भन्नसक्ने स्थितिमा पनि नरहेको बुझिन्छ ।

"चुनावी माहोल मिलाएर मञ्चको चुनाव सकिएपछि अमेरिका उडेका सल्लाहकार जगनाथ ढकाल र प्रवास संयोजक तुलना घिमिरे मञ्चमा रडाको मच्चिएको सुनेर दिक्क छन् । अन्य साधारण सदस्य हेरेको हेर्‍यै ।"

अर्कातर्फ, विधान विपरीत काम गरेका काफ्लेलाई भित्र्याउनुपर्छ भनेर कोरम पुर्‍याएर अर्को टिम गुटबन्दीसहित कार्यबाहक अध्यक्ष र महासचिवको विरुद्ध लागेको छ । पटक-पटक कार्यक्रम गरौं भनेर प्रस्ताव गर्दा टिमले साथ नदिएपछि अब कसो गर्ने भन्ने सोचमा महासचिव घिमिरे छन् । संस्था अनिर्णयको बन्दी बनेपछि कार्यवाहक अध्यक्ष बुद्धि कट्टेल गाँठो फुकाउने कसरतमा भए पनि सकेका छैनन् । मञ्चका कार्यसमिति सदस्य कृष्ण आचार्यले पनि कटेल र घिमिरेलाई पत्याउन छाडेका छन् । कार्यसमिति सदस्य लक्ष्मी चौलागाई र सृजना कार्की पनि कार्यवाहक अध्यक्षको विरुद्ध रहेको बताइन्छ । 

उकेरा अनलाईनमा स्वास्थ्य विधाका प्रखर पत्रकार उपेन्द्र खड्का कार्यक्रम नै रोकिने अवस्था देखेर चकित परेका छन् । अहिले मञ्चको अत्यावश्यक कामकारबाहीको लागि बैठक बस्नसमेत कोरम नपुग्ने अवस्था भएपछि महासचिव घिमिरेले सल्लाहकारहरुसँग सल्लाह मागिरहेका छन् । तर, सल्लाहकारहरुले सहयोग नगरेपछि उनी अब जेसुकै होस् भन्ने स्थितिमा पुगेको स्रोतले बतायो । नयाँ पत्रिका दैनिकमा बाइलाइन लेख्ने उनी मञ्चमा इन्ट्रि गरेपछि केहीले अप्ठ्यारो मानेको बुझाई छ । स्वास्थ्य खबरका डिबी खड्कालाई एक भोटले हराएका उनलाई पनि कतैबाट प्रोत्साहन हुने गरेको आरोप आउने गरेको छ ।

त्यस्तै,कावा अध्यक्ष कटेल छाडौं बसौं भन्ने द्विविधामा छन् भनिन्छ । 'कथाको माग'ले कार्यवाहक बनेका उनी वरिष्ठ उपाध्यक्ष हुन् । उनैलाई अहिले धेरैले सहयोग गरेका छैनन् । प्रेस युनियन निकट मानिने कटेललाई युनियनतर्फकै पदाधिकारीले गुटबन्दी गरेर खेदो खनेको गुनासो सुनिन्छ । स्वास्थ्य खबर र स्वास्थ्य खबर फाउण्डेशन खडा गरेर संघ संस्थासँग बजेट लिई कार्यक्रम गर्दै आएका प्रविण ढकाल र डिबी खड्कालाई यस्तै रमिता भएको हेर्न रुचाउने पात्रका रुपमा चर्चा गरिएको छ । यता भाँडभैलो हुँदा  मञ्चको कार्यक्रम फाउण्डेशनतिर लैजान पाइने भएकाले उनीहरु समस्या समाधानतर्फ केन्द्रित नरहेको बताइन्छ । 

यता निवर्तमान अध्यक्ष सरोज ढुंगेल यता न उताजस्तै देखिएका छन् । मञ्चमा कैयौं सदस्य भित्र्याएर संस्था फराकिलो बनाउन प्रत्यत्न गरेका उनी अहिले एक्लिने अवस्थामा पुगेका हुन् । प्रेस चौतारीनिकट मानिने भए पनि चौतारीकै सदस्यहरु उनको विरुद्धमा रहेको गुनासो सुनिन्छ । ढुंगेल आफैँले भिषा काफ्‌लेलाई चुनावमा अघि सारेका थिए । तर, संस्थाको हितविपरीत काम गरेपछि कारबाही गर्नुपर्छ र संस्था स्वच्छ हुनुपर्छ भन्ने अडान लिए । त्यसो गरेवापत गोरखापत्र दैनिकमा सक्रिय उनी अहिले बढी निसानामा रहेको स्रोतको दाबी छ ।

त्यस्तै चुनावी माहोल मिलाएर मञ्चको चुनाव सकिएपछि अमेरिका उडेका सल्लाहकार जगनाथ ढकाल र प्रवास संयोजक तुलना घिमिरे मञ्चमा रडाको मच्चिएको सुनेर दिक्क छन् । अन्य साधारण सदस्य हेरेको हेर्‍यै । पूर्व अध्यक्ष रामप्रसाद न्यौपाने र कल्पना आचार्य भने मञ्चमा देखिएको समस्या समाधान गर्नुको साटो उल्टै कारबाहीमा परेकाहरुको बचाउमा लागेको गुनासो सुनिन्छ । अर्का सल्लाहकार भगवती तिमिल्सिनालाई चुनावको बेला केहीले नराम्रोसँग हराए । चुनावै उठ्न नखोजेकी उनलाई उम्मेदवार बनाएर हराएपछि भित्रभित्रै चित्त दुखाएकी छन् । अर्का सल्लाहकार उद्धव भेटुवाल राप्रपाको राजनीतिमा सक्रिय छन् । तर, मञ्चमा देखिएको समस्या समाधानमा उनको चासो छैन ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदसँग मिलेर १२ असारमा आयोजना गरेको कार्यशालामा लफडा मच्चियो । सल्लाहकार कल्पना आचार्यले आफूलाई मञ्चमा नराखेको भन्दै चित्त दुखाइन् । त्यसपछि कार्यशालामा उपस्थित पदाधिकारी र केही सदस्यले भत्ता थोरै भएको भन्दै विरोध गरे । अहिले यो विषय चर्काएर कार्यवाहक अध्यक्ष र महासचिवलगायतका विरुद्धमा अधिकांश पदाधिकारी र सदस्य छन् । तर, उक्त कार्यक्रमको सबै आर्थिक जिम्मेवारी परिषद्ले सरकारी नियमअनुसार गरेको थियो । कार्यक्रमको व्यवस्थापनमा खटिएका केहीलाई परिषदले रिसोर्स पर्सन ठानेर सात सय रुपैयाँ बढी दिएकोमा मञ्चका केही सदस्यले आपत्ति जनाएको त्यहाँ सहभागी एक जनाले बताए । अहिले केही पदाधिकारी र सदस्यहरु काफ्‌लेलाई फर्काउनुपर्ने माग राखिरहेका छन् ।

टिप्पणीहरू