राजधानीमा पाकिस्तानको तेस्रो चिल्ड्रेन पार्क

राजधानीमा पाकिस्तानको तेस्रो चिल्ड्रेन पार्क

पाकिस्तानी दूतावासले निर्माण गरेको ‘पाकिस्तान–नेपाल चिल्ड्रेन पार्क’ हिजोदेखि सञ्चालनमा आएको छ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ८ मा निर्मित पार्कको नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले हस्तान्तरण गर्नुृभएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत हाश्मीले पाकिस्तान–नेपाल चिल्ड्रेन पार्कको कार्यान्वयनका लागि बूढानीलकण्ठ नगरपालिकासँगको साझेदारी र बाल पार्क प्ले स्टेसन, स्विङ र नयाँ हिड्ने ट्र्याक, सबै उमेरका लागि ठाउँको स्तरोन्नति गर्न दूतावासको टोलीसँगको साझेदारीको प्रशंसा गर्नुभयो । पार्क गल्फुटार समुदायका बालबालिकालाई “पाकिस्तानका बालबालिका र मानिसहरूबाट उपहार“ को रूपमा समर्पित गरिएको जनाउनुभयो । 

मेयर र विशेष अतिथिहरूले आफ्नो नगरपालिकाको बाल पार्क उपहार दिएकोमा पाकिस्तान सरकार र जनताप्रति आभार व्यक्त गरेका छन् । पार्कले दुई देशबीचको दिगो मित्रता र सहयोगको सङ्केत हुने विश्वास व्यक्त गरेका छन् । “पाकिस्तान–नेपाल चिल्ड्रेन पार्क“ ले पाकिस्तान र नेपालका जनताबीच साझा आकांक्षा र मित्रताको अन्तिम अनुस्मारकको रूपमा काम गर्ने विश्वास छ । 

नागरिक समाजका सहभागी तथा बासिन्दाले पार्कलाई नयाँ उपकरण र ल्याण्डस्केपिङसहित पुनर्निर्माण गरेकोमा दूतावास र स्थानीय नगरपालिकालाई धन्यवाद दिएका छन् । बालबालिका र सबै उमेरकाले अब स्वस्थ गतिविधिका लागि योग्य स्थान पाएको बताएका छन् । 

दूतावासले काठमाडौं र बूढानीलकण्ठ नगरपालिकासँगको सहकार्यमा पुनर्निर्माण गरिएको यो विगत तीन वर्षयता तेस्रो पार्क हो । यी स्थान परिवार भेला हुने, बालबालिका खेल्ने र वृद्धहरू टहलिनका लागि उपयुक्त रहेको बताइन्छ । 

हस्तान्तरण समारोहमा बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, दूतावासका अन्य अधिकारी तथा स्थानीयको बाक्लो उपस्थिति थियो ।

तस्बिरहरु:


 

टिप्पणीहरू