टी-२० विश्वकपको तयारीमा नेपाल

टी-२० विश्वकपको तयारीमा नेपाल फाइल फाेटाे

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अष्ट्रेलिया भ्रमण गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले आगामी साउन २९ देखि भदौ ८ गतेसम्म हुने टप इन्ड टी-२० सिरिज खेल्ने भएको हो ।

नेपालले आईसीसी टी-२० विश्वकप एसिया छनोटको तयारी स्वरूप अष्ट्रेलिया भ्रमण गर्ने भएको हो । सन् २०२६ मा हुने टी-२० विश्वकपको एसिया छनोटको तयारीस्वरूप नेपालले कम्तीमा ६ खेल खेल्नेछ । हरेक वर्ष अष्ट्रेलियन बिग बास लिग (बीबीएल) अघि आयोजना हुने यो प्रतियोगितालाई बीबीएलको पूर्वतयारीको रूपमा पनि लिइन्छ ।

एसिया छनोट प्रतियोगिता अक्टोबर १ देखि १७ सम्म ओमानमा आयोजना हुने छ ।

टिप्पणीहरू