एमपिएको जाँचमा नक्कली परीक्षार्थी

एमपिएको जाँचमा नक्कली परीक्षार्थी

एमपिए तेस्रो सेमेस्टरको परीक्षामा एक जना नक्कली परीक्षार्थी समातिएका छन् । काठमाडौं महानगरपालिका–४ धुम्बाराही बस्ने जुम्लाका २६ वर्षीय केशव रोकाया प्रहरीले परीक्षा केन्द्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

 कलंकीस्थित जनप्रशासन क्याम्पसमा अध्ययनरत दानबहादुर रोकायाको तर्फबाट उनी हिजो जाँचमा सहभागी भएका थिए । क्याम्पसको पत्रपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । 

रोकायामाथि शिक्षा ऐनसम्बन्धी कसुरमा स्थानीय प्रशासनबाट पाँच दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
 

टिप्पणीहरू