शेर्पाहरुलाई नारायणटारमा सचेतना

शेर्पा जातिको भाषिक, सांस्कृतिक अवस्था र जलवायु परिवर्तनको असर न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।
नेपाल शेर्पा संघ र शेर्पा विद्यार्थी संघले संयुक्तरुपमा कार्यक्रम आयोजना गरेका हुन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-६ नारायणटारस्थित शेर्पा विद्यार्थी संघको सभाहलमा बिहान पौने ११ बजेदेखि शुरु भएको उक्त कार्यक्रममा शेर्पा समुदायका अगुवाहरु सहभागी छन् ।
नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पा लगायत दुई दर्जनको उपस्थिति रहेको जनाइएको छ ।
टिप्पणीहरू