मुखमा कालो टेप लगाएर दीप प्रज्वलन

मुखमा कालो टेप लगाएर दीप प्रज्वलन

लैङ्गिक तथा यौन हिंसा र द्धन्द्धमा मारिएका व्यक्तिहरुको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ ।

द्धन्द्धमा यौन हिंसा उन्मुलन अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज द्धन्द्ध पीडित महिला राष्ट्रिय सञ्जाल र एमनेस्ट्री इन्टरनेशनलको संयुक्त आयोजनामा शान्तिवाटिकामा दीप प्रज्वलन कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागी चार दर्जन बढीको संख्यामा रहेका द्धन्द्ध पीडित परिवारहरुले मुखमा कालो टेप लगाएर बत्ती बालेका थिए ।

त्यसक्रममा ‘द्धन्द्धमा यौन हिंसाको अन्त्य पीडितका लागि न्याय, पीडकका लागि जवाफदेहीता’, ‘परिपूर्ण अधिकार हो कसैको अनुकम्पा होइन’, ‘श्रुति सच्याउ न्याय सही बाटोमा लैजाऊ’, ‘यौन हिंसाका पीडित महिलाको पक्षमा आवाज उठाउँ’, ‘द्धन्द्धमा यौन हिंसाबाट प्रभावित महिलाहरुको न्यायिक उपचार सुनिश्चित गर’, ‘द्धन्द्धको समयमा भएको यौन हिंसाका घटनाहरुमा न्याय दे’, ‘संवाद गर विश्वास जित न्याय देउ’, ‘संक्रमणकालीन न्याय प्रक्रिया पीडितमैत्री गर’ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरियो ।

टिप्पणीहरू