मीटरब्याजीको घरमा बहुमतको ब्यानर

मीटरब्याजीको घरमा बहुमतको ब्यानर

धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतले धनुषाका दुई स्थानीयको घरमा कालो ब्यानर टाँगेको छ । 

मीटर व्याजमा पैसा लगाएर अत्याचार गरेको आरोप लगाउँदै सो पार्टीको मधेस प्रदेश अन्तर्गत धनुषा जिल्ला न्याय विभागले स्थानीय प्रदिप मण्डल र विनोदकुमार यादवको घरमा ब्यानर झुण्ड्याएको हो । यी दुईले क्षीरेश्वरनाथ र कमला नगरपालिकामा अवैधरूपले मिटर ब्याज लिंदै आएकाले चेतावनीस्वरुप यसो गर्नुपरेको बहुमतको दाबी छ ।

'जन-कारवाही किन ?' भनेर लेखिएको कालो ब्यानरमा अनुचित लेनदेन, मीटर ब्याज र अवैध सुदखोरी धन्दा चलाई आर्थिक अपराध गरेको बताइएको छ ।

टिप्पणीहरू