‘जारी २’ काे काम तमाम

‘जारी २’ काे काम तमाम

बहुप्रतिक्षित चलचित्र ‘जारी २’ को छायांकन सकिएको छ ।

निर्माण टिमले ३६ दिन लगाएर पाँचथरका विभिन्न ठाउँमा छायांकन गरेकाे हाे । 

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको उक्त चलचित्रलाई बाँसुरी फिल्मसले निर्माण गरेको हो । चलचित्रमा दयाहाङ राई, विजय बराल, मिरुना मगर, रिचा शर्मालगायतको अभिनय रहेको बताइन्छ । चलचित्रको प्रदर्शन मिति भने अझै तय भइसकेको छैन । 

स्मरणीय छ, चलचित्रको पहिलो सिक्वेल ‘जारी’ ०८० चैतमा प्रदर्शन भएको थियो । त्यतिबेला चलचित्रले नेपालभित्र साढे १७ करोड ग्रस कलेक्शन गर्दै नयाँ रेकर्ड बनाएको थियो ।

टिप्पणीहरू