संसद बहिष्कार गर्नेहरु बाहिर व्यस्त

संसद बहिष्कार गर्नेहरु बाहिर व्यस्त

प्रतिनिधिसभा बैठक छोडेर बाहिरिएका राप्रपाका सांसदहरु पत्रकारसँग छलफलमा व्यस्त बनेका छन् ।

सभामुख देवराज घिमिरेले संसदीय मर्यादा मिचेर सदन चलाएको भन्दै बहिष्कार गरेर निस्किएकाहरुले बाहिर मिडियालाई अन्तर्वार्ता दिएका हुन् ।  
 
राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सभामुख घिमिरे सत्ताको कारिन्दा बनेर प्रस्तुत भएको आरोप लगाएर । शान्तिपूर्ण ढंगले सदन चलाउने वातावरण नभएसम्म बहिष्कार जारी राख्ने उनको भनाइ छ । 

‘सभामुखबाट अनुचित काम भइरहेको छ, यस्तो बैठकमा हामी बस्दैनौँ’, लिङ्गदेनले भने, ‘उहाँहरु (रास्वपा)सँग इस्युमा एक ठाउँ भएका छौँ, शान्तिपूर्ण ढंगले संसद् चल्ने वातावरण नभएसम्म बैठक बहिस्कार जारी रहन्छ ।’ 

हिजो पनि राप्रपाले बैठक बहिष्कार गरेको थियो । उता, रास्वपा सांसदहरु भने बेल घेराउसहित नाराबाजी गरिरहेका छन् ।

टिप्पणीहरू