दिलभूषणको निषेधाज्ञा निवेदनमा सुनुवाइ हुँदै

दिलभूषणको निषेधाज्ञा निवेदनमा सुनुवाइ हुँदै

विद्युतीय अपराधसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट जारी पक्राउ पुर्जी  कार्यान्वयन रोक्न माग गर्दै पत्रकार दिलभूषण पाठकले उच्च अदालत,पाटनमा दिएको निवेदन पेशी चढेको छ ।

न्यायाधीश ऋषि राजभण्डारीको इजलास नम्बर ९ मा सुनुवाइ तोकिएको यो मुद्दा पेशी सूचीको क्रम संख्या ‘ढ’ मा रहेको छ । पाठकले अदालतबाट जारी पक्राउ पुर्जीमाथि निषेधाज्ञा माग गर्दै हिजो निवेदन दर्ता गरेका थिए । निवेदनमा गृह मन्त्रालय,प्रहरी प्रधान कार्यालय र केन्द्रीय साइबर ब्यूरोलाई विपक्षी बनाइएको छ । 

अदालतले आज अन्तरिम आदेश नदिए पाठकलाई पक्राउ गर्न प्रहरीलाई बाटो खुल्नेछ ।

हिल्टन होटलसँग सम्बन्धित उनले बनाएको भिडियोमा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणाका छोरा जयवीरलाई जोडेर समाचार सम्प्रेषण गरेको आरोपमा पाठकविरुध्द उजुरी परेको थियो । साइबर ब्यूरोको मागबमोजिम काठमाडौं जिल्ला अदालतले गत जेठ २७ गते उनीविरुध्द पक्राउ पुर्जी जारी गरेको हो । त्यसयता पाठक सम्पर्कविहीन छन् ।

अदालतले आज अन्तरिम आदेश नदिए पाठकलाई पक्राउ गर्न प्रहरीलाई बाटो खुल्नेछ ।

टिप्पणीहरू