एमाले महासचिव बेलायत प्रस्थान, रास्वपा उपसभापति मुम्बई जाँदै
नेकपा (एमाले)का महासचिव शंकर पोखरेल बेलायत गएका छन् । पार्टी नेतृसमेत रहेकी पत्नी सुजिता शाक्यलाई लिएर उनी आज बिहान बेलायत प्रस्थान गरेका हुन् ।
एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्च बेलायतको नवौँ सम्मेलनलाई पोखरेलले भोलि सम्बोधन गर्ने कार्यक्रम छ । १० दिन लामो भ्रमणका दौरान पोखरेल दम्पत्तीले त्यहाँको नेपाली समुदायसँग भेटघाट पनि गर्नेछ । उनीहरु असार ८ गते स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ ।
यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा संघीय सांसद डा. स्वर्णिम वाग्ले भारत जान लागेका छन् । असार २ गते मुम्बईमा आयोजना हुने पार्टीनिकट नेपाली सम्पर्क मञ्चको प्रथम भेलालाई सम्बोधन गर्न उनी त्यता जान लागेका हुन् ।
उपसभापति वाग्लेसँग सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्ट पनि मुम्बई जाने कार्यक्रम तय भएकोमा हालै स्पष्टीकरण सोधिएपछि उनको भ्रमण रोकिएको बताइन्छ ।
टिप्पणीहरू