खर्च सरकारी कोषको, चर्चा चौधरीको

खर्च सरकारी कोषको, चर्चा चौधरीको

नेपाल गण्डक पश्चिमी नहर सिँचाइ आयोजनाको सेटलिङ्ग बेसिन उद्घाटन गरिएको छ । उर्जामन्त्री दीपक खड्का र नेपाली कांग्रेसका व्यापारी सांसद विनोद चौधरीले आज नवलपरासीमा संयुक्त रुपमा उद्घाटन गरेका हुन् । ०३९ सालमा निर्मित उक्त नहरमा सेटलिङ्ग बेसिन प्रभावकारी नहुँदा स्थानीय सिँचाइबाट लाभान्वित हुन सकेका थिएनन् । 

काँग्रेसीहरुले भने सोही क्षेत्रका सांसद चौधरीको पहलमा ३५ करोड खर्च गरेर सेटलिङ्ग बेसिन निर्माण गरिएको दाबी गरेका छन् । सरकारी बजेटमा नहर बनेको तर चौधरीले आफैँले खर्च गरेर बनाए झैँ प्रचार गरेका छन् । मिडिया र सामाजिक सञ्जालको प्रयोग गर्दै उनले प्रचारको जुक्ति निकालेका हुन् । 

‘०७९ सालमा नवलपरासी–१ बाट निर्वाचित भएपछि मैले नेपाली नहरलाई पूर्ण क्षमतामा सञ्चालन गरि सिँचाइ सुविधा विस्तार गर्ने प्रतिबद्धतासहित काम अगाडि बढाएँ’, अगाडि लेखेका छन्, ‘नवलपरासीका किसानको मुहारमा भरिएको खुशी देख्न पाउँदा मलाई अत्यन्तै सन्तुष्टि मिलेको छ ।’

टिप्पणीहरू