निर्देशकको टुंगो नलाग्दै कलाकार नियुक्त

निर्देशकको टुंगो नलाग्दै कलाकार नियुक्त

चलचित्र ‘जदौ’ मा अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन् । उनले हालै निर्माण टिमसँग लिखित सम्झौता गरेका हुन् । 

अन्तरजातीय प्रेम सम्बन्धको कथामा निर्माण हुने भनिएको उक्त चलचित्रलाई काजी लिम्बुले लेखेका हुन् भने सिल्भर स्क्रिन ब्यानरले निर्माण गर्न लागेको हो । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह यसअघि नै चलचित्रमा अनुबन्धित भइसकेकी छन् । 

रोचक के भने भदौदेखि छायाँकन सुरु गर्ने तयारी गरिएको फिल्ममा अझै निर्देशक भने टुंगो लागिसकेको छैन । सामान्यतया चलचत्रिको कथाअनुसार निर्देशकले कलाकार छनोट गर्ने भएपनि यस चलचित्रको हकमा भने निर्देशकअघि नै धमाधम कलाकार अनुबन्धित भइरहेका छन् । 

उता, अभिनेत्री निता ढुंगाना र केकी अधिकारीले यसै वर्ष निर्माण हुने गरी चार चलचित्रको इजाजात लिएका छन् । केही दिनअघि चलचित्र विकास बोर्ड पुगेर निताले ‘एक दुई तीन’ र ‘सुख दु:ख’ तथा केकीले ‘भद्रकाली’ र ‘राधा पियारी’को इजाजत लिएका हुन् ।

 

टिप्पणीहरू