पूर्वराजाको उडानमा आधा घण्टा विलम्ब

पूर्वराजाको उडानमा आधा घण्टा विलम्ब

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउनुभएको विमान निर्धारित समयभन्दा ३५ मिनेट ढिलो उडेको छ । झापाको भद्रपुर विमास्थलबाट उहाँ बुद्ध एयरको उडान नम्बर यु४९५६ मा काठमाडौँ आउनुभएको हो । मध्यान्ह पौने १ बजे उड्नुपर्ने उक्त विमान सवा १ बजे उडेको बताइन्छ ।  

जेठ ११ झापा जानुभएका पूर्वराजा ज्ञानेन्द्र त्यहाँको हिमालयन चिया बगानमा बस्नुभएको थियो । उहाँसँगै पूर्वराजपरिवारका अन्य सदस्य पनि झापा गएर फर्किएका हुन् ।

 

टिप्पणीहरू