ट्रिपरको ठक्करबाट मोटरसाइकलमा सवार पिएसओ घाइते
मुस्लिम आयोगका सदस्य मोहम्मद समशुल हकको सुरक्षामा खटिएका एक सशस्त्र प्रहरी जवान ट्रिपरको ठक्करबाट घाइते भएका छन् । सशस्त्र प्रहरी गण नम्बर १ गुल्म नम्बर २, नक्साल दरबन्दी भएका ३० वर्षीय प्रहरी जवान मिनबहादुर दानीलाई ट्रिपरले ठक्कर दिएको हो ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–५, फुलजोर चोक, लालबन्दीबाट पूर्वतर्फ आउँदै गरेको ना.१ क ८५२० नम्बरको ट्रिपरले दक्षिण बयलबासबाट उत्तर राजमार्गतर्फ निस्किने क्रममा बिआर.१ एफजे ६९६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनालगत्तै प्रहरी चौकी फुलजोरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली घटनास्थल पुगेको थियो । गम्भीर घाइते उनलाई तत्काल प्रहरी हवल्दार सर्फुदिन मियाँसँग ज.१ च ९८६ नम्बरको एम्बुलेन्समा उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज लगिएयो ।
दुवै सवारी साधन र लालबन्दी नगरपालिका–१७, रानिगंज बस्ने ट्रिपर चालक नारायणदत श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मलंगवा नगरपालिका–३ बस्ने सदस्य हकको सुरक्षामा परिचालित उनको साथबाट एक थान पेस्तोल, दुई थान म्याग्जिन र २८ राउण्ड गोली भेटिएको जनाइएको छ ।
टिप्पणीहरू