कस्ताे हाेला महानायककाे कमब्याक ?

महानायक राजेश हमालले आठ वर्षपछि कमब्याक गरेको चलचित्र ‘नरसिंहा अवतार’ आजदेखि प्रदर्शनमा आएको छ । हमालका दर्शकहरुले निकै प्रतिक्षा गरेको चलचित्र देशभरका सिनेमा हलहरुमा लागेको हो ।
बताइएअनुसार उक्त चलचित्रले ढेड सय हारहारीमा शो पाएको छ । गत साता प्रदर्शन भएका ‘के घर, के डेरा २’ र ‘उनको स्वीटर’ले राम्रो दर्शक पाइरहेको कारण ‘नरसिंह अवतार’ले कम शो पाएको बताइन्छ । यद्यपि, चलचित्रले पिकअप लिन डेढ सय शो पर्याप्त मानिन्छ ।
आज, भोलि र पर्सीसम्म दर्शकलाई होल्ड गर्न सके चलचित्रले ‘वर्ड अफ माउथ’को आधारमा दुई सातासम्म निरिन्तर कलेक्शन गर्ने अनुमान लगाउन सकिन्छ । त्यस्तै, हलिउडका तीन र बलिउडको एउटा नयाँ चलचित्र पनि आजै देखि प्रदर्शनमा आएका छन् ।
समग्रमा ६ चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले हमाल अभिनिति चलचत्रिलाई त्यति सजिलो भने देखिदैन । फिल्ममा महानायक हमालसहित नीति शाह, उषा खड्की, नीर शाह, सरोज खनाल, प्रशान्त ताम्राकार लगायतको अभिनय छ ।
टिप्पणीहरू