अदालतबाट न्याय,परिवारबाट अन्याय

‘दुई तहको अदालतले मलाई न्याय दिएको छ । जिल्ला र उच्चले मेरै पक्षमा फैसला सुनाएको छ । तर,अदालतले दिएको अधिकारको मैले अहिलेसम्म पनि प्रयोग गर्न पाएको छैन । उल्टै विपक्षीबाट धम्की सुन्न बाध्य छु’, विराटनगरकी निता यादवले दुःखेसो सुनाउँदै भनिन् । पेशाले चिकित्सक उनी एकल महिला हुन् । भोक्राहा नरसिंह गाउँपालिका–३ माइती भएकी उनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरानमा असिस्टेण्ट प्रोफेसर हुन् ।
किसानको घरमा जन्मिएकी उनको एमबीबीएस पढ्दापढ्दै सन् २०११ मा विवाह भयो । त्यतिबेला १९ वर्षकी मात्र थिइन् । हुनेवाला बेहुला पनि डाक्टर नै भएकाले परिवारले २० वर्ष नपुग्दै विवाह गरिदियो । विराटनगरका चर्चित फिजिसियन डा.शीतल यादवका जेठा छोरा डा.सुशीलसँग विवाह गरेकी उनलाई श्रीमानको रोगबारे कुनै जानकारी थिएन ।
श्रीमानले चिकित्सकको लाइसेन्स देखाएर औषधि ल्याई खाने गरेका थिए । मेडिकल पर्सन भएकाले औषधिको खोल देखेपछि झसंग भइन् । त्यसपछि मात्रै श्रीमान् जटिल खालको मानसिक रोग ‘सिक्जोफ्रोनिया’ बाट ग्रसित रहेको थाहा पाइन् । त्योसँगै अन्य पोल पनि खुल्दै गयो । विवाहअगाडि एमडी डाक्टर भनिएका उनी एमबीबीएस मात्रै थिए । आफू र आफ्नो परिवारसँग झुठ बोलेको खुलेपछि सासू आमासँग गुनासो गरिन् । त्यो विषयलाई लिएर सम्बन्धमा तिक्तता बढ्दै गएको बताइन्छ ।
ससुराको विराटनगरमा आफ्नै सिटी अस्पताल छ । धेरै ठाउँमा जग्गा छ । तर, मैले त्यसमा हकदाबी गरेको छैन । मेरो श्रीमानले पाएकोमा हकदाबी गरेकी हुँ । धन्न मैले श्रीमानबाट सहमति लिएर बेलैमा आफ्नो डिग्री पूरा गरेछु । नत्र कन्तबिजोग हुन्थ्यो ।’
छोरालाई बिरामी तुल्याएर मर्न बाध्य बनाएको आरोप बुहारीमाथि लगाइयो । ‘पोइटोकुवा आइमाई’ भन्दै कुटपिट गर्न थालियो । घरबाटै निकालियो । त्यसैबीच २०८१ जेठ ३१ गते श्रीमानको मृत्यु भयो । ससुराले २०५८ भदौ २४ गते पुख्र्यौली सम्पत्तिबाट मोरङको बुढीगंगा गाउँपालिका १ र २ स्थित ६ कित्ताको चार बिगाहा जग्गा श्रीमानलाई अंशवापत दिएका थिए ।
सो अंश आफूले पाउनुपर्ने माग गर्दै निताले २०७९ भदौ २ गते सुनसरी जिल्ला अदालतमा श्रीमानविरुध्द नै मुद्दा दायर गरिन् । अदालतले २०८० वैशाख ७ गते श्रीमानको आधा अंश उनलाई दिने फैसला गर्यो । यता,उच्च अदालत, विराटनगरले पनि उनकै पक्षमा फैसला सुनायो । ससुरा र देवर सुनिल यादवले जग्गा नदिन अनेकौं प्रपञ्च गरेको बुहारीको आरोप छ ।
उनीहरुले उच्च अदालत, विराटनगरमा पुनरावेदन गरे । उच्चले जिल्लाकै फैसलालाई सदर गर्यो । तर,उनले अहिलेसम्म पनि सो जग्गा भोगचलन गर्न पाएकी छैनन् । दुई तहको अदालतले न्याय दिएपछि सो जग्गामा खेती गर्ने सोच बताइन् । मजदुर बस्ने टहरा,कलधारा र बिजुली बत्ती जडान गर्नेगरी बुढीगंगाको टंकिसिनवारीमा रहेको जग्गामा पुगेकी उनलाई गाउँपालिकाका कर्मचारीलेसमेत कुनै काम गर्न दिएका छैनन् । ससुरा र देवरसँग मिलेर विवादित जग्गा भन्दै कर्मचारीले रोकेका हुन् ।
ससुराले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ भन्दै काम गर्न नदिएको दुखेसो छ । दुवै तहले उनको पक्षमा फैसला गरिसकेकाले सर्वोच्चमा मुद्दा दर्ता भएको छैन । यता,ससुराले अदालतमा मुद्दा दर्ताको कागजात पनि देखाउन नसकेको उनको भनाइ छ । ससुरासँग पटकपटक कागजात माग्दा पनि नदिएपछि आजित भएको बताउँछिन् ।
उल्टै ससुरा र देवरको धम्की सहन बाध्य देखिन्छिन् । डराउँदै हिँड्नुपर्ने बाध्यता एकातिर छ । ससुरा र देवरले आफूमाथि विभिन्न लाञ्छना लगाउन बाँकी नराखेको निताको गुनासो छ । श्रीमानको नागरिकता,शैक्षिक प्रमाणपत्र सासू ससुराले लुकाएर राखेका छन् । भन्छिन्,‘मेरो ससुराको विराटनगरमा आफ्नै सिटी अस्पताल छ । धेरै ठाउँमा जग्गा छ । तर, मैले त्यसमा हकदाबी गरेको छैन । मेरो श्रीमानले पाएकोमा हकदाबी गरेकी हुँ । धन्न मैले श्रीमानबाट सहमति लिएर बेलैमा आफ्नो डिग्री पूरा गरेछु । नत्र कन्तबिजोग हुन्थ्यो ।’
टिप्पणीहरू