नेपाली विद्यार्थीलाई बंगलादेश र इजिप्टमा छात्रवृत्ति
नेपाली विद्यार्थीले बंगलादेश र इजिप्टमा छात्रवृत्तिको अवसर पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दुवै देशमा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीसँग आवेदन मागेको छ ।
मन्त्रालयका अनुसार बंगलादेशको ढाकास्थित युनाइटेड इन्टरनेशनल युनिभरसिटीले स्नातक तहअन्तर्गत अन्टरग्रेजुएट मिडिया स्टडिज एण्ड जर्नालिजम् (बिएसएस एमएसजे) विषय र स्नातकोत्तर तहअन्तर्गत ग्रेजुएट इनभाइरोमेन्टल स्टडिज (एमडिएस) विषयमा एक–एक जना नेपाली विद्यार्थीलाई पूर्ण रुपमा छात्रवृत्ति दिँदैछ ।
त्यस्तै, इजिप्टको उच्च शिक्षा मन्त्रालयले मेडिसिनमा दुई, कृषिमा दुई र अरबी भाषा अध्ययनमा दुई जनालाई छात्रवृत्ति दिन लागेको जनाइएको छ । शिक्षा मन्त्रालयले इच्छुक विद्यार्थीलाई आगामी पन्ध्र दिनभित्र आवेदन पेश गर्न आग्रह गरेको छ । यससम्बन्धी थप जानकारी मन्त्रालयको वेबसाइटमा राखिएको छ ।
टिप्पणीहरू