भारत–पाकिस्तान बढ्यो तनाव, नयाँ दिल्लीमा थप सावधानी

भारत–पाकिस्तान बढ्यो तनाव, नयाँ दिल्लीमा थप सावधानी

भारत र पाकिस्तानले परस्पर आक्रमण जारी राखेपछि भारतीय राजधानी नयाँ दिल्लीलाई उच्च सतर्कतामा राखिएको छ । अधिकांश सरकारी कार्यालयमा अर्ध सैनिक बल तैनाथ गरिएको छ भने दिल्ली सरकारका कर्मचारीलाई बिदा रद्ध गरेर काममा फर्कन भनिएको छ । 

टाइम्स अफ इण्डियाका अनुसार नयाँ दिल्लीका पर्यटकीय क्षेत्रमा सुरक्षाकर्मीहरुको संख्या बढाइएको छ । इण्डिया गेट वरपरको स्थान खाली गराइएको छ । तर,अधिकारीहरुले शहरी क्षेत्रमा ट्राफिक समस्या हुन नदिन उक्त व्यवस्था गरिएको दावी गरेका छन् ।

जिल्लास्तरीय अधिकारीहरुले इमर्जेन्सी सेवाका लागि विशेषगरी स्वास्थ्य र प्रकोप व्यवस्थापन निकायसँग समन्वय गरिरहेका छन् । दिल्ली प्रहरीलाई उच्च सतर्क अवस्थामा राखिएको बताइन्छ । 

टाइम्स अफ इण्डियाले लेखेको छ, ‘पाकिस्तानले सीमावर्ती राज्यका अवन्तीपुरा,श्रीनगर,जम्मू,पठानकोट, अमृतसर,कपुरथला,जालन्धर, लुधियाना,आदम्पुर,फलोडी, भुजलगायत क्षेत्रमा रकेट तथा ड्रो आक्रमण गरेपछि भारतीय राजधानीको सुरक्षा व्यवस्था कडा तुल्याइएको हो ।’
 

टिप्पणीहरू