खराउ लगाएका भारतीय पुजारी भेट्न देउवा जुत्ता खोलेर होटलमा
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीसँग तारे होटलमा गएर भेट गर्नुभएको छ ।
हरिद्वार मन्दिरका व्यवस्थापक एवम् मुख्य पुजारी गिरी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका घनिष्ठ मित्र पनि हुन् । सभापति देउवाको गत फागुनमा भारत पुगेर आदित्यनाथसँग भेट्ने योजना अन्तिम अवस्थामा रोकिएको थियो । त्यसको झण्डै दुई महिनापछि देउवाले आज निर्जन पिठाधिश्वर गिरीसँग भेट्नुभएको हो ।
गिरीसँगको भेटमा सभापति देउवाले जुत्ता बाहिरै फुकालेको देखिन्छ । तारे होटलमा बसे पनि गिरीले भने गोडामा आदिमकालको झैँ खराउ भिरेका छन् ।
टिप्पणीहरू