महिला टोलीको मुख्य प्रशिक्षकमा तामाङलाई निरन्तरता

नेपाली राष्ट्रिय महिला फूटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङले निरन्तरता पाएका छन् । अखिल नेपाल फूटबल संघ(एन्फा)ले बिहीबार तामाङलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।
एन्फाले राजेन्द्रलाई थाइल्याण्डसँग हुने मैत्रीपूर्ण खेल र एएफसी महिला एसियन कप छनोटको लागिजिम्मेवारी प्रदान हो । राजेन्द्रसँगै भगवती थापा सहायक प्रशिक्षक, सुरज कुमार लामा गोलकिपर प्रशिक्षक र टोलीको म्यानेजरमा बिन्द्रा देवानले निरन्तरता पाएका छन् ।
यस्तै टोलीको फिजियो थेरापिस्टमा भने लक्ष्मी भण्डारी नियुक्त भएकी छिन् । एसियन कप छनोटमा नेपाल समूह ‘एफ’मा रहेको छ । नेपालको समूहमा लाओस, श्रीलंका, र उज्बेकिस्तान रहेका छन् ।
नेपालले छनोटको तयारी स्वरूप थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । दुवै खेल बैंककमा हुनेछ । नेपालले पहिलो खेल ३० मेमा बन्द रंगशालामा खेल्नेछ भने २ जुनमा हुने दोस्रो खेललाई अन्तराष्ट्रिय मान्यता दिइएको छ ।
टिप्पणीहरू