सामाजिक अभियन्ताको पगरी, काम मनपरी

सामाजिक अभियन्ताको पगरी, काम मनपरी

- सुष्मा तिवारी

सामाजिक अभियन्ता को हुन् ? कुनै व्यक्तिलाई के आधारमा सामाजिक अभियन्ता भन्ने ? वर्तमान समयमा यो बहसको विषय बनेको छ । पछिल्लो समय सामाजिक अभियन्ता बन्ने होड चलेको छ । जोपनि आफ्नो नामको अगाडि सामाजिक अभियन्ताको ‘ट्याग’ झुण्ड्याउन लालायित छन् । आफूखुशी स्वःघोषित सामाजिक अभियन्ता बनिरहेका छन् । समाजमा असल काम गरेर सकारात्मक सन्देश प्रवाह गर्ने व्यक्ति सामाजिक अभियन्ता हुन् । सामाजिक अभियन्तालाई समाजलाई बाटो देखाउने अगुवाको रुपमा पनि चिनिन्छ । 

तर, समाजलाई सही मार्गमा लैजानुपर्ने सामाजिक अभियन्ताहरु आफैं ‘गतिछाडा’ भएर हिँडेका छन् । सामाजिक अभियन्ताको बर्को ओढेर उनीहरुले ‘असामाजिक’ काम गर्दै आएको धेरै घटनाले पुष्टि गरेको छ । सामाजिक सञ्जालमा उनीहरु जथाभावी ‘बकबक’ गर्छन्, उग्रता देखाउँछन् । असभ्य र अराजक किसिमको अभिव्यक्ति दिइरहेका हुन्छन् । अरुलाई गालीगलौज गर्ने र आक्षेप लगाउने काम गर्छन् । जसका कारण सामाजिक अभियन्ता बदनाम बन्दै गएका छन् । उनीहरुको आतंकले सरकारी कर्मचारीदेखि सर्वसाधारणसम्म पीडित भएको अवस्था छ । केही सामाजिक अभियन्ता यस्ता छन्, जो ड्युटीमा खटिएका प्रहरीलाई समेत थर्काउछन् । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ्गलाई नचिन्ने कमै छन् । 

आफ्नो बोलीलाई लगाम लगाउन नसक्दा उनी दुई पटक प्रहरी हिरासतमा पुगिसकिन् । पशुपति क्षेत्र विकास कोषका कर्मचारीको आन्दोलनलाई समर्थन गर्न पुगेकी उनले प्रहरीलाई ‘हुँ आर यु ?’ भन्दै दुव्र्यवहार गरेकी थिइन् । त्योसँगै उनले नानाभाँती गाली गरिन् । प्रहरीमाथि दुव्र्यवहार गर्दा हिरासतमा पुगेकी उनको अझैपनि चेत खुलेको छैन् । अहिलेपनि कानुनलाई नै चुनौती दिने हर्कत गरिरहेकी हुन्छिन् । क्यामेराजडित चश्मा लगाएर भिडियो खिच्दै हिँड्ने उनले संविधानप्रदत्त गोपनीयताको हकको समेत ख्याल गरेको पाइँदैन् । पछिल्लो समय उनले ट्राफिक प्रहरीको जिम्मेवारी पनि वहन गर्न थालेकी छिन् । सडकमा उनको आतंक छ । सार्वजनिक बिदाको दिन गुडेका सरकारी गाडीलाई उनले रोकेर पास माग्छिन् । तर हरेक नागरिक सचेत हुनु राम्रो हो । 

समाजलाई सुधार गर्ने नाममा उनले उग्रतालाई प्रश्रय दिएको स्पष्ट हुन्छ । पास माग्ने अधिकार ट्राफिक प्रहरीलाई मात्र छ । बिदाको दिन सरकारी गाडी चलेको छ भने उनले गएर भन्ने ट्राफिक प्रहरीलाई हो । ट्राफिक प्रहरी नभएको ठाउँमा पास मागिहालेपनि उनले शिष्ट र नम्र भाषाको प्रयोग गर्न सक्छिन् । तर, उनी सिँधै थर्काउनतर्फ लाग्छिन् । केही दिनअघि उनले सर्वोच्च अदालतका कर्मचारीलाई रोकेर अशिष्ट शैलीमा पास मागेकी थिइन् । ती कर्मचारीले ‘आफूले ट्राफिकलाई मात्र पास देखाउने’ बताएपछि उनले ट्राफिक प्रहरीलाई बोलाइन् । त्यसपछि उनको चर्को विरोध भएको थियो । सरकारी कर्मचारीलाई केरकार गर्ने उनको हैसियत के ? भन्दै सामाजिक सञ्जालमा धेरैले असन्तुष्टि जनाएका थिए । 

अर्की सामाजिक अभियन्ता हुन्, शर्मिला वाइबा । श्रीमान–श्रीमतीको झगडामा ‘सामाजिक अभियन्ता’ बनेर घुस्ने उनीमाथि केही दिनअघि रड प्रहार भयो । उनको तौरतरिका पनि निकै अराजक छ । सामाजिक अभियन्ताको नाममा उनले समाजमा बेतिथि फैलाउने क्रियाकलाप गर्दै आएकी छिन् । उनले बोल्ने शब्दहरु एकदमै अश्लिल खालका हुन्छन् । तारा बराल कुनै समयकी चर्चित अभियन्तामा पर्छिन् । स्वःघोषित अभियन्ता उनी पछिल्लो समय भने गुमनाम छिन् । उनले अभियानको नाममा धर्ना बसेर सरकारलाई तथानाम गाली गर्थिन् । अरुको चरित्रहत्या गर्नसमेत पछि नहट्ने उनी पनि पटकपटक प्रहरीको हिरासतमा पुगिसकेकी अभियन्तामध्ये एक हुन् । 

उता अर्का सामाजिक अभियन्ता पुण्य गौतम पनि विवादरहित छैनन् । उनले उत्तेजक किसिमको अभिव्यक्ति दिँदै आएका छन् । शान्ति भड्काउने खालको अभिव्यक्ति दिएपछि यसअघि पक्राउ परेका थिए । अर्की अभियन्ता हुन्, सावित्रा सुवेदी उर्फ ‘जयनारी’ । आफूलाई महिला अधिकारकर्मीसमेत बताउने उनले एकदमै तल्लो स्तरको शब्दको प्रयोग गर्छिन् । उनले एक अन्तरवार्तामा ‘वीर्य बजारमा किन्न पाइन्छ, पुरुषको काम छैन’ समेत भनेकी थिइन् । सडकमा पेटिकोटको रमिता देखाएर चर्चामा आएकी उनी पटकपटक विवादमा तानिएकी छिन् । महिला अधिकारकर्मी भनेर उनले महिलाकै विषयलाई मजाक बनाउने गरेकी छन् ।

यी केही उदाहरण मात्र हुन् । सामाजिक अभियन्ताको नाममा अराजकता फैलाउने दर्जनौं छन् । ती सबैले आफूहरुलाई कानुनभन्दा माथि ठान्दै आएका छन् । अर्काको व्यक्तिगत विषयमा बोलेर सस्तो लोकप्रियता कमाउने नियतले हिँडेका उनीहरुलाई समाजको ख्याल नै छैन् । आफूले के बोल्दै छु ? त्यसले समाजलाई कस्तो प्रभाव पार्छ ? उनीहरुले सोचेको पाइँदैन् । 

मुखमा जे आयो, त्यही बोल्छन् । त्यस्ता कथित अभियन्ताका कारण ‘सामाजिक अभियन्ता’ भन्ने शब्द नै बद्नाम बन्दै गएको छ । कतिपय सामाजिक अभियन्ताले ‘डलरको खेती’ गर्दै आएका छन् । समाजलाई सहयोग गरेकोजस्तै देखाएर उनीहरुले पैसा उठाएर खान्छन् । पैसाको विषयलाई लिएर उनीहरुबीच कुटाकुट भएका घटनाहरु नभएका होइनन् । एकअर्कालाई लाञ्छना लगाउन उनीहरु मैदानमा उत्रिरहेका हुन्छन् । आफैंले युट्युबरलाई पैसा दिएर मिडियामा छाउने र के–के न गरे भनेर देखाउने उनीहरुले समाजलाई उग्रताको भड्खालोमा हाल्दैछन् । 

भाइरल बन्नेबित्तिकै ‘सामाजिक अभियन्ता’

पछिल्लो समय समाजमा उग्रता मनपराउने जमात बढ्दै गएको छ । जसले सरकारलाई गाली गर्न सक्छ, त्यस्ता व्यक्ति समाजको नजरमा हिरो बनिरहेका हुन्छन् । अलिकति चर्चामा आउनेबित्तिकै उनीहरुले आफ्नो नामको अगाडि ‘सामाजिक अभियन्ता’ भिराइहाल्छन् । तर, वास्तवमा भन्ने हो भने त्यस्ता अभियन्तालाई केही थाहा हुँदैन् । उनीहरुसँग न विचार हुन्छ न सिद्धान्त । बस्, विरोध गर्छन्, आफूलाई सामाजिक अभियन्ता भन्दै हिँड्छन् । 

सामाजिक अभियन्तामाथि नियन्त्रण जरुरीः समाजशास्त्री 

समाजशास्त्री निर्मला ढकालका अनुसार सामाजिक अभियन्ताको स्पष्ट परिभाषा नै छैन । अलिकति चर्चामा आउनेबित्तिकै आफूले आफैँलाई सामाजिक अभियन्ताको पगरी गुथाउने प्रवृत्ति मौलाएको उनको भनाइ छ । भन्छिन्, ‘आफूले अभियान चलाउनेलाई सामाजिक अभियन्ता भन्ने कि अरुबाट सहयोग लिएर ? व्यक्तिको मुद्दा उठाउँदै हिँड्नेलाई पो सामाजिक अभियन्ता भन्ने हो कि । पछिल्लो समय सामाजिक अभियन्ता च्याउझैं उम्रिएका छन् । अलिकति चर्चामा आउनेबित्तिकै जो पनि आफूलाई सामाजिक अभियन्ता ठान्छन् । त्यसैले सामाजिक अभियन्ताको ठोस परिभाषा नै छैन ।’

उनका अनुसार सामाजिक अभियन्ता भनाउँदाहरु अराजक बन्दा समाजमा अराजकता बढ्दै गएको छ । राज्यले उनीहरुमाथि नियन्त्रण गर्न आवश्यक रहेको समाजशास्त्री ढकालको भनाइ छ । सामाजिक अभियन्ता भन्नेहरु पनि दायरामा बस्नुपर्ने उल्लेख गर्दै उनले कसैले पनि आफूलाई कानुनभन्दा माथि राख्न नपाउने बताइन् । 

‘कतै गलत भयो भने त्यसको विरोधमा आवाज उठाउनु स्वाभाविकै हो । तर, लिमिटभित्र बसेर आवाज उठाउनुपर्छ । कानुनभन्दा माथि कोही छैन । नियमकानुनको सबैले पालना गर्न जरुरी छ’,उनले भनिन् । नेताहरुको साथ रहेकाले सामाजिक अभियन्ताहरुले डर मान्नै छोडेको उनको ठहर छ । 

एक जना अधिवक्ताले वाक स्वतन्त्रताको दुरुपयोग बढेको निश्कर्ष निकालेका छन् । वाक स्वतन्त्रताको नाममा जे पनि बोल्न पाइन्छ भन्ने मानसिकताको विकास हुँदै गएको उनको भनाइ छ । भन्छन्, ‘सरकारप्रति जनताको असन्तुष्टि बढ्दै गएको छ । कसैले अलिक उग्र खालको टिप्पणी गरिदियो भने मान्छेहरु मख्ख परिहाल्छन् । त्यसले उनीहरुलाई जथाभावी बोल्न हौसाएको छ । एक हिसाबले यो वाक स्वतन्त्रताको दुरुपयोग पनि 

टिप्पणीहरू