उपप्रधानमन्त्रीकी दिदीसहित डेढ दर्जनविरुद्ध मुद्दा, ६० करोड बढी मागदाबी

उपप्रधानमन्त्रीकी दिदीसहित डेढ दर्जनविरुद्ध मुद्दा, ६० करोड बढी मागदाबी

काठमाडौंको नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा तत्कालीन अध्यक्ष रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले आज काठमाडौं जिल्ला अदालतमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको छ । 

प्रतिवादीहरुसँग ६० करोड ३९ लाख ७७ हजार २३१ रुपैयाँ मागदाबी गरिएको प्रशासनतर्फका अधिकृत हेमन्त भट्टराईले बताए । ‘६० करोड ३९ लाख ७७ हजार २३१ रुपैयाँ मागदाबी गर्दै १७ जनाविरुद्ध आज मुद्दा दर्ता भएको छ’,उनले भने । 

महान्यायाधिक्ताको कार्यालयले हिजोे उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रितासहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेको थियो ।

टिप्पणीहरू