बागमतीमा भोलि सार्वजनिक बिदा

बागमतीमा भोलि सार्वजनिक बिदा

बागमती प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘२०८१ चैत २१ गते प्रकाशित प्रदेश राजपत्रबमोजिम यही मिति २०८२ वैशाख २४ गते बुधबार प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको ।’

टिप्पणीहरू