सञ्चारकर्मीको प्रश्नप्रति प्रधानमन्त्रीको आक्रोश : ‘तरिका हुन्छ नि !’

सञ्चारकर्मीको प्रश्नप्रति प्रधानमन्त्रीको आक्रोश : ‘तरिका हुन्छ नि !’

प्रधानमन्त्री केपी शर्मा ओली रिपोर्टिङका लागि संसद भवन पुगेका सञ्चारकर्मीसँग झोक्किनुभएको छ । गाडीबाट ओर्लिनबित्तिकै सञ्चारकर्मीले प्रश्न तेर्साएपछि उहाँ झोक्किनुभएको हो ।

उहाँ प्रतिनिधिसभाको आजको बैठकमा सहभागी हुन संसद भवन पुगेलगत्तै एक सञ्चारकर्मीले सोधे, ‘भाजपा नेताको भ्रमणपछि माओवादीसँगको सम्बन्धमा सुधार आएको हो ?’

तर, प्रधानमन्त्री बोल्नुभएन । एकछिन अडिएर ‘यता छेक्नुस् (इशारा गर्दै), तरिका हुन्छ नि !’भन्दै झोक्किनुभयो । त्यसपछि उहाँ नबोली भवनभित्र छिर्नुभएको हो ।

संसद बैठकमा आजै प्रधानमन्त्री र माओवादी अध्यक्षले भलाकुसारी र हाँसोका साथ हात मिलाउनुभएको छ । भलै प्रचण्डले नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दे वर्तमान सरकारको चर्को आलोचना गर्नुभएको छ ।
 

टिप्पणीहरू