एक दर्जन ठेकेदारलाई सात दिने पूर्जी
तोकिएको मितिमा काम सम्पन्न नगर्ने १० निर्माण कम्पनीलाई सरकारले स्पष्टीकरण सोधेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रतिबद्धताबमोजिम काम नगर्ने ठेकेदारहरुलाई सात दिनको समय तोकेर लिखित स्पष्टीकरण पेश गर्न भनेको हो । अन्यथा, कालोसूचीमा राख्ने चेतावनी दिइएको छ ।
स्पष्टीकरण मागिएका ठेकेदार कम्पनीमा विशाल होम निर्माण सेवा, मष्टा कन्स्ट्रक्सन एण्ड सप्लायर्स, डिजो इगल कन्सट्रक्सन एण्ड सप्लायर्स प्रालि, विश्वास निर्माण सेवा, जेवी मेटल क्राफ्ट इन्डर्सट्रिज एण्ड सप्लायर्स, सप्तकोशी जलाधार निर्माण कम्पनी छन् ।
यस्तै, क्वालिटी इन्द्रवती कन्स्ट्रक्सन सप्लायर्स, अमिरियलाल यादव, अरिभ निर्माण सेवा र शर्मा धुलिखेल जेभीलाई पनि स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।
तोकिएको समयावधिभित्र लिखित स्पष्टीकरण नबुझाए यी निर्माण व्यवसायीलाई कानूनबमोजिम कालोसूचीमा राख्न प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ ।
टिप्पणीहरू